७ साउन, काठमाडौँ । काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलका नेता बन्ने चाहाना नलिनका लागि आग्रह गरेका छन् ।
रिजालले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने, कसरी बलियो बनाउने भन्नेमा नै रहेको बताए ।
उनले भने, “सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ, कहाँनेर इन्ट्रेस्ट मिलेन भनेर खोज्दै जाँदाखेरि संसदीय दल खनिएकोछ । त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।”
थापाले पछिल्ला समय केही सार्वजनिक अभिव्यक्तिमा आफू संसदीय दलको नेता बदल्न अझै लाग्ने र शक्ति पुगेको दिन बदल्ने बताउँदै आएका छन् । उनी गत ६ पुस २०७९ मा भएको संसदीय दलको चुनामा सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए ।




