राजनीति

नेकपा एमालेले तोक्यो प्रदेशको अधिवेशनको मिति, कुन प्रदेशमा कहिले ?

८ साउन, काठमाडौं । नेकपा (एमाले)ले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ ।

अधिकारीका अनुसार कोशी प्रदेशको अधिवेशन १२-१३ असोज, मधेश प्रदेशले ५-६ असोज, बागमती प्रदेश ८-९ असोजमा अधिवेशन गर्ने भएको छ । त्यस्तै १६-१७ भदौमा लुम्बिनी, २९-३० भदौमा कर्णाली र २२-२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।

प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ ।