८ साउन, काठमाडौं । महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापा र आफू पुस ११ मा पोखरा गएको स्पष्ट पारेका छन् ।
पुस १० मा गठबन्धन भत्किँदै गदौ दुई महामन्त्री पोखरा गएर आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप आइरहेपछि पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले पुस ११ मा पोखरा गएको स्पष्ट पारेका हुन् ।
बैठकमा बोल्ने क्रममा केही केन्द्रीय सदस्यले महामन्त्री त्यो बेला पोखरा गएको बताए उनले भने, “पुस १० मा गएका होइन । पोखराको कार्यक्रम पुस ११ मा थियो । हामी दुई भाइलाई लिट्रेचर फेस्टिबलमा बोल्न बोलाइएको थियो । हामी बोल्न गयौं । गठबन्धन टुटेको अर्को दिन हो ।”
त्यसको जवाफ दिने क्रममा शर्माले पोखरामा गठबन्धन टुटेको अर्को दिन गएको बताएका हुन् ।





