८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव राखेका छन् । सोमबार बसेको बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव राखेका हुन् ।
सुशासनसम्बन्धी १३ पृष्ठ लामो लिखित प्रस्ताव पेस गर्दै उनले भनेका छन् “कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।”





