राजनीति

पहिले जस्तो पार्टीको टिका लगाएर न्यायाधीश नियुक्त गर्दिन : कानूनमन्त्री गुरुङ

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्तिमा ढिलाई भएको बताएका छन् । उनले न्यायाधिशको कार्यक्षमता हेरेर मात्र नियुक्त गर्ने बताए ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै गुरुङले पहिले जस्तो आमुक पार्टी कार्यालय गएर टिका लगाएर नियुक्त नगर्ने दावी गरे ।