राजनीति

महामन्त्री थापाले तिरे आयोगलाई १५ हजार जरिवाना

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा भएको खर्च विवरण २५ मङ्सिरमा नै बुझाइसकेको बताएका छन् ।

निर्वाचन आयोगले गरेको जरिवाना तिरेको जानकारी गराउंदै महामन्त्री थापाले यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको बताएका छन् ।

पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको उनले जानकारी गराएका छन् । थापाले निर्वाचन खर्च २३ लाख ४२ हजार ७६८ रुपैयाँ खर्च भएको सार्वजनिक गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु । अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।”