काठमाडौं । ज्योति विकास बैंकले बैंकको १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तिकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्याउने हेतुले उक्त कार्यहरु गरिएको हो ।
शारीरिक तवरले फरक बालबालिकाहरुका लागि कृत्रिम हात प्रदान गर्न Enable Nepal संग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ । Enable Nepal संगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई 3D Printed Prosthetic Hands प्रदान गर्नेछ ।
यी हातले बालबालिकलाई दैनिक जीवनका सामान्य कामहरु गर्न मद्दत पुर्याउनेछ र समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुनेछ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा Enable Nepal का अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।





