२८ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने बताएका छन् । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा नदिएकाले आश्चार्य भएको बताएका छन् ।
उनले भने, “यति अयोग्य, यति नालायक सरकारको यस्तो भ्रष्टाचारको चाङमा उभिएर म नेतृत्व गर्छु भन्न अठ्यारो हुनुपर्ने हो प्रधानमन्त्रीलाई उहाँले आफैं राजीनामा गर्नु पर्ने हो ।”
अध्यक्ष ओलीले सिनामंगलबाट बरामद सुनको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको छ । गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि आशंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठनको माग एमालेले गर्दै आएको छ ।





