राजनीति

ललिता निवास प्रकरणमा छानबिनका लागि मेरो सहयोग रहन्छ  : अध्यक्ष नेपाल

२९ साउन, काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ललिता निवास प्रकरणमा छानमिनका लागि सहयोग गर्ने बताएका छन् । 

आज युरोप भ्रमणबाट  फर्कने  क्रममा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ललिता निवासमा गल्ती नगरेको बताएका छन् ।

 नेपालले आफूले भ्रष्टाचार नगरेको बताउँदै बदमासी भएमा छानबिन गर्नुपर्ने त्यसमा पूर्ण सहयोग रहेको बताएका छन् ।