राजनीति

ललिता निवास प्रकरण : पूर्व मुख्यसचिव पौडेलसँग सीआईबीले लियो बयान

२९ साउन, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौडेलसँग सीआईबीले बयान लिएको छ ।

पौडेललाई बोलाएर २०६९ सालको मन्त्रिपरिषदको निर्णय र त्यसलाई प्रमाणीकरण गरेर पठाइएको पत्रबारे जानकारी माग गरेको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार पौडेलसँग हिजो दिउँसोदेखि सुरु भएको बयान राति अबेरसम्म चलेको थियो ।