२२ भदौ, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनको शपथ केहीबेरमा हुनेछ ।





