समाचार

पूर्वमन्त्री श्रेष्ठले भ्रष्टाचार गरेको विशेष अदालतको ठहर

८ असोज, काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा उनलाई दोषी ठहर गरेको हो ।