राजनीति

आर्थिक मन्दीले समाजमा निराशा र अराजकता बढेको भन्दै प्रधानमन्त्रीलाई माधवको ध्यानाकर्षण

१३ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।

शनिबार अध्यक्ष नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै मुलुकको मुख्य समस्या आर्थिक मन्दी रहेको र त्यसकै कारण समाजमा निराशा, कुण्ठा, अराजकता विस्तार भएको बताएका छन् ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “जनतामा ब्याप्त निराशा–हतासाको यस्तै अवस्थालाई प्रयोग गर्दै कतिपय अवान्छित तत्वहरु हाम्रो समाजमा जातीय, धार्मिक–साँस्कृतिक द्वन्द्व मच्चाउने समेत लागि परेका छन् । त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय र मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं ।”

हेर्नुहोस् ध्यानाकर्षणपत्र