राजनीति

नेपालप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि : प्रधानमन्त्री दाहाल (पूर्णपाठ)

१३ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका र चीन भ्रमण सफल भएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा दुवै देशको भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्रीले भ्रमणका क्रममा भएका उच्चस्तरका द्विपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुर्नपुष्टि भएको पनि जनाएका हुन् ।

उनले अघि भने, “राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ र अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि भएको छ ।”

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सहयोग पुग्ने भन्दै प्रधानमन्त्री दाहालले अति कम विकसित मुलुकहरुका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको जनाएका छन् ।

पूर्णपाठ हेर्न तलको लिंक क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1euy930MN7ANJ95pxxE5DCse6rVq02mWE/preview