आर्थिक

तोलामा तीन सयले घट्यो सुनको मूल्य

२ असोज, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ९० निर्धारण भएको छ ।