समाचार

फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस

२७ कात्तिक, काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे राजीव गुरुङलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

आज बिहान सानोभ¥याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआबीका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । उनले भने, “सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै आज हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरेका छौँ ।