समाचार

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री

७ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सफल हुने बताएका छन् ।

नेकपा एमाले काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि नभइ देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने बताए।