१७ मङ्सिर, काठमाडौँ । आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ ।
काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएको छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएको छन् । उका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का हर्ष महर्जनले चार सय ९८गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा एमालेका कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरेको थियो । यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गरेको थियो ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी भएको छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिए । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित भएको थियो ।
महोत्तरी , यहाँको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा एमालेका सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएको छन् । उनको निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रकी आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
रौतहट, यहाँको राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलमले सात सय ४४ मत प्राप्त गरेर निर्वाचित भएको छन् । उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जिकरुल्लाहले चार सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् ।





