२१ मङ्सिर, काठमाडौँ । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेको थियो ।
भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आउनुभएका भुटानी नरेश वाङचुक आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।





