राजनीति

एकीकृत समाजवादीले गर्‍यो सचिवालय गठन- को-को छन् सचिवालयमा ?

२ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालय गठन गरेको छ ।

मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन भएको उपाध्यक्ष वेदुराम भुसालले जानकारी दिए । उपाध्यक्ष भुसालका अनुसार अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका नेता समेटेर केन्द्रीय सचिवालय बनाइएको हो ।

को-को छन् सचिवालयमा ?

  • माधवकुमार नेपाल
  • झलनाथ खनाल
  • वेदुराम भुसाल
  • प्रमेशकुमार हमाल
  • घनेन्द्र बस्नेत
  • राजेन्द्रप्रसाद पाण्डे
  • धर्मनाथप्रसाद साह
  • जयन्तीदेवी राई
  • प्रकाश ज्वाला
  • गंगालाल तुलाधर
  • जगन्नाथ खतिवडा
  • भानुभक्त जोशी
  • घनश्याम भुसाल
  • राजेन्द्रकुमार राई
  • गरिमा शाह
  • मेटमणि चौधरी
  • रामकुमार भट्टराई
  • सावित्राकुमारी भुसाल
  • चन्द्रबहादुर शाही
  • सोमप्रसाद पाण्डेय
  • बलदेव चौधरी
  • श्रीनाथ बराल
  • गणेशबहादुर विश्वकर्मा
  • शेरबहादुर कुँवर