१ फागुन, काठमाडौं । नेकपा माओबादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समग्र जनयुद्ध र यसको विभिन्न पाटापक्षका बारेमा देशभित्र र बाहिर विभिन्न कोणबाट अध्ययन ,अनुसन्धान ,छलफल, बहस, टिप्पणी लामो कालसम्म भई नै रहनेछन् भनेका छन् ।
उनले आज जनयुद्ध दिवशका अवश्मा ट्वीट गर्दै यो स्वाभाविक छ तर नेपाली समाजका सबै उत्पीडित वर्ग र समुदायमा आफ्नो मुक्तिको निम्ति व्यापक चेतना तथा जागरणको विस्तार र आज संस्थागत भएको ऐतिहाँसिक परिवर्तन तथा उपलब्धिका निम्ति माओवादी जनयुद्धको नै मुख्य भूमिका छ भन्ने तथ्य लाई कसैले इन्कार गर्न सक्दैन, मिल्दैन पनि भनेका छन् ।
उनले थपेका छन्, ‘‘आज २०८१ फागुन १ गते ने क पा (माओवादी) द्वारा नेतृत्व गरिएको जनयुद्धको ३० औं वर्षको अवसरमा आदरणीय शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु , वेपत्ता योद्दाहरू प्रति सम्मान प्रकट गर्दछु ,घाइते योद्दाहरू प्रति अभिनन्दन गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गर्दछु र सम्पूर्ण देशभक्त , कम्युनिष्ट, क्रान्तिकारी र सच्चा लोकतान्त्रिक शक्तिहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
समग्र जनयुद्ध र यसको विभिन्न पाटापक्षका बारेमा देशभित्र र बाहिर विभिन्न कोणबाट अध्ययन ,अनुसन्धान, छलफल ,बहस, टिप्पणी लामो कालसम्म भई नै रहनेछन् । यो स्वाभाविक छ ।तर नेपाली समाजका सबै उत्पीडित वर्ग र समुदायमा आफ्नो मुक्तिको निम्ति व्यापक चेतना तथा जागरणको विस्तार र आज संस्थागत भएको ऐतिहाँसिक परिवर्तन तथा उपलब्धिका निम्ति माओवादी जनयुद्धको नै मुख्य भूमिका छ भन्ने तथ्य लाई कसैले इन्कार गर्न सक्दैन, मिल्दैन।
यसदिनले हामी सबैलाई जनयुद्धको मुख्य भुमिका र सबै लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्य एवं संयोजनमा भएको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप प्राप्त भएको समाजवाद उन्मुख समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र तथा त्यसलाई संस्थागत गरिएको संविधानको रक्षा, राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गरी सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्दै समाजवादको आधार तयार र अन्ततः वैज्ञानिक समाजवादको निर्माणको लागि दृढ संकल्पका साथ क्रान्तिकारी आन्दोलनमा क्रियाशील हुन प्रेरित गरोस् ।
साथै, यतिबेला संक्रमणकालीन न्याय सँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न ध्यान केन्द्रित गर्नु पनि त्यत्तिकै आवश्यक छ ।
राष्ट्रिय सार्वभौमिकता ,भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्दै उपरोक्त कार्याभारहरू पूरा गर्ने ऐतिहाँसिक नेतृत्वदायी जिम्मेवारी हाम्रो पार्टी ने क पा (माओवादी केन्द्र) को काँधमा छ । त्यसकालागि रुपान्तरण तथा पुनर्गठनको महाअभियान अघि बढाउँदै एकताबद्ध , क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गर्नु आजको आवश्यकता हो । पार्टीको क्रान्तिकारीकरण र सुदृढीकरणलाई मुख्य बनाउँदै पार्टी एकता एवं ध्रुविकरण, आवश्यकता अनुसार संयुक्त मोर्चा र कार्यगत एकता गर्दै र जनतासँगको सम्बन्धलाई घनिष्ट बनाउँदै आवश्यकता अनुसार सरकार ,संसद र सडकका मोर्चाहरुको संयोजन गर्दै देश र जनताको मुक्तिको निम्ति अघि बढ्नु अनिवार्य छ।यसलाई गम्भीरतापूर्वक आत्मसात गरौं र ठोस व्यवहारमा लागू गरौं ।’’






