समाचार

तीनकुनेमा राजावादी प्रदर्शनमा तनावग्रस्त :  व्यक्तिका घरहरु तोडफोड

१५ चैत, काठमाडौँ ।  काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शन उग्र बन्दा अवस्था तनावग्रस्त बनेको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

प्रदर्शनका क्रममा समर्थकहरूले केही व्यक्तिका घरमा तोडफोड गरेका छन्, जसले स्थिति अझ जटिल बनाएको छ। यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपको स्थिति उत्पन्न भएको बताइन्छ।

स्थिति बिग्रिएपछि तीनकुनेमा जारी राजावादी कार्यक्रम बिथोलिएको छ।