सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेका छन्।
प्रारम्भिक सुनुवाइका क्रममा घिसिङ पक्षका कानुन व्यवसायीहरूले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउन अन्तरिम आदेशको माग गरेका थिए। तर, न्यायाधीश मुसलमानले तत्काल आदेश नदिइ दुवै पक्षलाई झिकाउने आदेश हुनसक्ने बताएका थिए।
सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा मुद्दासम्बन्धी कुनै नयाँ आदेश वा अपडेट सार्वजनिक गरिसकेको छैन।





