समाचार

पम्फा भुसालको पूर्वराजालाई कडा जवाफः शान्तिपूर्ण रुपमा बस्न दिएकोमा कमजोरी नठान्नुहोस्

१५ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्रको नारायणहिटीबाट नागार्जुन सरेको कुरा स्मरण गर्दै शान्तिपूर्ण विदाईको ख्याल राख्न आग्रह गरेकी छन्। समाजवादी मोर्चाको विरोध सभामा उनले २०५८ को हत्याकाण्डपछि राजतन्त्रको अन्त्य भएको र २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालमा राजतन्त्रलाई विदा गरिएको उल्लेख गरिन्।

पूर्वराजालाई मागेअनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको भन्दै भुसालले शान्तिपूर्ण रुपमा राजतन्त्रको बिदाई भएको स्मरण गरिन्। उनले भनिन्, “नारायणहिटीबाट शान्तिपूर्ण रुपमा बिदा भएको हो, हामीले शान्तिपूर्ण रुपमा बस्न दिए, यसलाई कमजोरी नठान्नुहोस्।”

भुसालले राजतन्त्रको पुनर्स्थापना असम्भव रहेको र जनतामा रहेका निराशा समाप्त भएको बताउँदै, “कोही नागरिक दासी हुन तयार छैनन् र प्राप्त समानुपातिक समावेशी अधिकार र पहिचान गुमाउन तयार छैनन्,” भनिन्।