समाचार

सर्वोच्चले राख्यो घिसिङ–शाक्यको रिट हेर्न नमिल्नेमा

१७ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादमा निवर्तमान निर्देशक कुलमान घिसिङ र नवनियुक्त निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिट सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा आइतबारका लागि तोकिएको पेशी स्थगित भएपछि अब सोमबार सुनुवाइ हुने भएको छ।

घिसिङले आफूलाई बिना कारण हटाइएको भन्दै सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए भने शाक्यले आफ्नो निरन्तरता कायम गर्नुपर्ने माग राख्दै रिट दिएका थिए।