समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक 

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।  साँझ पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

राजवादीहरूले काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेपछि सोही साँझ प्रधानमन्त्री ले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक राखेका थिए। 

त्यो बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।