राजनीति

सिटौलाको दाबीः नेपालमा प्रजातान्त्रि स्थापना भएपछि सडक, शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा उल्लेखनीय विकास भएको छ

२८ असार, लेखनाथ (कास्की) । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित छलफलमा उनले संविधान संशोधन गर्न प्रतिपक्षी दलहरुलाई पनि साथै लिएर जानुको विकल्प नरहेको बताए।

नेता सिटौलाले भने, “संविधान संशोधनमार्फत नेपाली जनताका चाहना पूरा गर्नुपर्छ । त्यसको जिम्मेवारी कांग्रेसले लिनुपर्नेछ ।

संविधान संशोधनका लागि तराईदेखि हिमालसम्मका सबै जातजातिलाई सँगै लिएर अगाडि बढ्न जरुरी छ ।”

विसं २०४६ पछि देशमा भएका विकास–निर्माणका कामको प्रचारप्रसार गर्न नसक्दा प्रजातान्त्रिक शक्तिहरु पछाडि परेका बताउँदै उनले भने, “प्रजातान्त्रिक शासन व्यवस्था स्थापना भएपछि सडक, शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा उल्लेखनीय विकास भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास–निर्माणका कामबारे जनतालाई बझाउन जरुरी छ ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए । 

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, शारदा पौडेल, देवराज चालिसेले पार्टीको सुदृढीकरण अहिलेको आवश्यकता भएको बताए ।