खेलकुद

साफ यू-२० महिला च्याम्पियनसिपः आज बंगलादेशलाई जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम एवं न्र्णिायक खेलमा आज नेपालले बंगलादेशसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू-२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ । खेल बसुन्धरा किङ्स एरेनामा हुँदैछ ।

हाल बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । यस्तै नेपालले ४ जित र १ हराबाट १२ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।

बंगलादेश सहज अवस्थामा छ भने नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ भने नेपाललाई जितको विकल्प हुने छैन ।