६ साउन, काठमाडौं । सरकारले मापदण्ड विपरित पहुँचवाला व्यक्तिले प्रयोग गरेका सरकारी गाडीहरु तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
सरकारले पहुँचवाला व्यक्तिहरुले सरकारी गाडीहरु दुरुपयोग गरेको थाहा पाएपछि साेमबार यस्तो निर्देशन दिएको हो । मुख्य सचिवहरुको नेतृत्वमा सोमबार बसेको सचिवहरुको बैठकले यदि कुनै पदाधिकारी एवं कर्मचारीहरुले प्रचलित मापदण्ड विपरित सवारी साधन प्रयोग गरेको भएमा तत्काल फिर्ता गराउने निर्णय गरेको छ ।
त्यस्तै, सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन मन्त्रालयहरुलाई बैठकले अनुराेध गरेकाे छ। मन्त्रालयमा रहेका सम्पूर्ण सवारी साधनको विवरण पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम (पी.ए. एम.एस) प्रणालीमा अनिर्वाय प्रविष्ट गर्ने व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको थियो ।
पी.ए.एम.एस महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने वेब आधारित प्रणाली हो ।





