समाचार

२ केजी सुन र २४ लाख रुपैयाँसहित २ जना चिनियाँ नागरिक पक्राउ

६ साउन, काठमाडौं । काठमाडौंकाे ठमेलबाट २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे हाे । ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ गरिएका दुवै जना चिनियाँ नागरिक माथि थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे हाे ।