राजनीति

कुलिङ पिरियडको प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल एमालेको व्यवहारप्रति कांग्रेस सशंकित

६ साउन, काठमाडौं । नेपाली कांग्रेसले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएकाे छ।

कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका हुन् । पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन् । उनीहरूले मंगलबार ‘कुलिङ अफ पिरियड’ बारे बोल्ने क्रममा राष्ट्रिय सभामा एमालेका सांसदले राखेको संशोधन फिर्ता नलिए सत्ता गठबन्धनमा नै संकट आउनसक्ने चेतावनी समेत दिएका हन् । महामन्त्री शर्माले ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका छन् । एमालेका ५ जना सांसदले कुलिङ अफ पिरियडमा संशोधन प्रस्ताव राखेका हुन् ।

एमालेका सांसदहरूले संशोधन प्रस्ताव राखेपछि सत्ता साझेदार दल कांग्रेस संशकित भएको हो । ४३ औं बीपी स्मृति दिवसका अवसरमा मंगलबार महामन्त्री शर्माले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियड सम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउनु पर्ने बताएका छन् । प्रतिनिधि सभाबाट पारित भएको प्रावधानमा समेत कुलिङ पिरियडको प्रावधानमा चलखेल गरिएको भएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको भन्दा फरक प्रावधानसहित प्रतिनिधि सभाबाट पारित भएपछि छानबिनका लागि समिति समेत गठन भएको छ ।

समितिमा सर्वसम्मत रुपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्तिनेप्रति एमालेलाई महामन्त्री शर्माले सचेत बनाएका हुन्। एउटै दलभित्र त एकमत हुन नसक्ने अवस्थामा गठबन्धन दलहरूका बेग्ला-बेग्लै मतहरूबाट साझा मत खोज्नुपर्ने आवश्यकता रहेको उनकाे भनाइ थियाे ।