आर्थिक

नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

७ साउन, काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढैको छ ।

छापावाला सुन बुधबार प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । जसका कारण बुधबार सुनप्रति तोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बुधबार तोलामा ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य बुधबार २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । चांदी मंगलबार २ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको मंहासंघले जनाएको छ ।