समाचार

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई गर्ने भनिएको विशेष सम्बोधन स्थगित

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभा बैठकलाई गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सोही बैठकलाई गर्ने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको बताएका हुन् । संघीय संसद सचिवालयको कार्यसूचीमा रहेको प्रधानमन्त्री ओलीसँगको प्रश्नउत्तर भने यथावत रहेको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री र सांसदहरुबीच प्रत्येक महिनाको ७ गते प्रश्नउत्तर कार्यक्रम हुँदै आएको छ ।