बाग्मती

बागमतीसहित ५ प्रदेशमा आज राति भारी वर्षाको सम्भावना

८ साउन, काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहीबार दिउँसो साधारणतया बदली हुने भएको छ । बाँकी प्रदेशमा भने आंशिक बदली हुने भएको हो। कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, बिहीबार राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली हुने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बदली हुने भएको छ। कोशी, मधेश, बागमती र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।

कोशी प्रदेशका पहाडी र मधेश प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।