९ साउन, काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
त्यस्तै,शुक्रबार दिउँसो भने देशैभरी साधारणतया बदली हुने भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा खमेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ ।
त्यसैगरी, शुक्रबार राति भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली हुने भएको हो । साथै बाँकी भू–भागमा भने आंशिक बदली हुने महाशाखाले जनाएको छ। कोशी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको हो ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा भने हावाहुरी चल्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।





