१० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय निजामती विधेयकमा सत्तारुढ दल नेकपा एमालेले दोहोरो चरित्र देखाएको बताएका छन् ।
काठमाडौंमा शनिबार एक कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दाहालले सोही विधेयकमाथि राष्ट्रिय सभामा एमालेले संशोधन प्रस्ताव राखेर दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् । अध्यक्ष दाहालले कुलिङ पिरियडमा एमालेले अन्तत: म्याउ गरेको बताएका छन् ।
एमालेका सांसलहरुले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले गरेको शंका पुष्टि भएको उनको दावी थियो । अध्यक्ष दाहालले फरक प्रसंगमा पछिल्लो समय आफू नेतृत्वको सरकारले शिक्षकसँग गरेको सहमति कार्यान्वयनका वर्तमान सरकारले तत्परता नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।





