१० साउन, काठमाडौं । विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्चका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् ।
विप्लव निकट संगठन माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा शनिबार माओवादी केन्द्रमा समाहित भएको हो । विप्लव निकट संगठन कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीमा स्वागत गरेका छन् । विप्लवको सम्पर्क समितिसहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि अधिकांश नेता तथा कार्यकर्ताहरु समेत माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
माओवादी केन्द्रमा समाहित हुने नेता तथा कार्यकर्ताहरूमा सुवास सापकोटा, वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशवराज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी र सन्देश न्यौपाने लगायत रहेको माओवादी केन्द्रले जनाएको छ ।





