११ साउन, काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
आइतबार दिउँसो देशैभरी साधारणतया बदली हुने भएको छ। देशका पहाडी र तराई भू–भागका अधिकांश स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हो। त्यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा हुने भएको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा भने हावाहुरी चल्ने समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यस्तै, आइतबार राति देशैभरी साधारणतया बदली हुने भएको छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र बाँकी तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको समेत सम्भावना रहेको हो ।
त्यसैगरी , कोशी , बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।





