११ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले लोडसेडिङ भएको भन्ने बारेमा खण्डन गरेका छन् ।
उनले प्रकाशित सूचनामा लेखाइमा गलत भएको समेत दावी गरेका हन् । काठमाडौंमा आइतबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले लाइन मिलाउनुपर्ने भएका कारण रातिको समयमा पानी तान्ने पम्प नचलाउन भनेको दावी गरेका थिए ।
लाइन मिलाउनुपर्ने भएका कारण रातिको समयमा पानी तान्ने पम्प २ दिनका लागि नचलाउनु भनेको उनको तर्क छ । चितवनमा शनिबार एक सूचना जारी गरेर दैनिक ३-३ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने जानकारी समेत गराइएको थियो ।





