१२ साउन, काठमाडौं । नेपाली कांग्रेसले ‘zवर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति’ विषयक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
पार्टीको वित्तीय संस्था समन्वय विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार कार्यक्रम हुने जनाएको हो । पार्टीका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा मंगलबार दिउँसो साढे १ बजेदेखिे कार्यक्रमको शुरु हुने भएको छ ।
विभागले समाचार संकलनका लागि समेत सचार माध्यमहरुलाई निमन्त्रणा समेत गर्न समेत अनुरोध गरेको हो ।





