१२ साउन, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथिको छलफावार छलफल अन्तिम चरणमा पुर्याएको छ ।
समितिको सोमबारको बैठकमा सोही ऐनको परिच्छेद ९ अन्तर्गत विभिन्न दफामाथि भएको छलफल अन्तिम चरणमा पुगेको सभापति तुलसाकुमारी दाहालले जानकारी दिएकी हुन् । अबको २-३ वटा बैठकमा दफावार छलफल गर्ने समेत उनले बताएकी छन् ।
२०८१ जेठ २१ गते सदनमा प्रस्तुत भएको सोही विधेयक प्रतिनिधि सभाबाट २०८२ जेठ ५ गते पारित भएको थियो । सरकारले जलस्रोतको उपयोग, संरक्षण, एकीकृत र समन्वयात्मक विकास गर्न तथा जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने जल तथा मौसमजन्य प्रकोप र विपदको प्रभावलाई न्यूनीकरण गर्न उक्त ऐन ल्याएको हो ।





