१३ साउन, काठमाडौं । समाजवाददी मोर्चाको बैठक मंगलबार बस्ने भएको छ ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार दिउँसो ३ बजे मोर्चाको बैठक बस्न भएको हो ।समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुने जनाएको हो।





