१३ साउन, काठमाडौं । हिमालयन बैंकको थप सार्वजनिक शेयर (एफपीओ) बाँडफाँट भएको छ ।
कमलादीमा रहेको बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्काशन भएको थियो । एफपीओमा कुल १८ लाख २५ हजार ९ सय २२ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २१ हजार ६ सय ४९ को आवेदन अस्वीकृत भएको छ ।
स्वीकृत आवेदन १७ लाख ४ हजार २ जस मध्ये हिमालयन बैंकको थप सार्वजनिक शेयर ९एफपीओ० बाँडफाँट भएको छ । जसमध्ये ९ लाख २५ हजार ४६ जनाले सेयर पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले शेयर पाएका हुन् ।
९ लाख २५ हजार ३७ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।





