राजनीति

बागमतीका मुख्यमन्त्री तामाङले संसदीय दलको नेताको हैसियत गुम्यो

३ साउन, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

हेटौंडामा मंगलबार संसदीय दलको कार्यालय बसेको बैठकमा संसदीय दलमा भएको मत विभाजनमा तामाङको पक्षमा १५ मत मात्रै परेको हो । अविश्वासको पक्षमा भने २२ मत परेको कांग्रेसले जनाएको हो । सोही मत सँगै तामाङले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

कांग्रेसबाटै अविश्वासको प्रस्ताव दर्ता भएपछि बागमतीमा सांसद तानातान चलेको थियो । नेता इन्द्र बानियाँले आफ्नो पक्षमा बहुमत सांसद जुटाएपछि तामाङलाई हटाउने प्रक्रिया अघि बढेको हो । अब नयाँ संसदीय दलको नेताका लागि बुधबार निर्वाचन हुने भएको छ ।

उक्त निर्वाचनमा दलको नेता चयन भएमा बानियाँलाई मुख्यमन्त्रीको ढोका समेत खुल्ने भएको हो ।