राजनीति

कुलिङ पिरियड विवादको बारेमा मानवीय त्रुटि देखाएर प्रतिवेदन लेखिंदै

४ साउन, काठमाडौं । संसदीय विशेष छानबिन समितिले संघीय निजामती सेवा विधेयक (कुलिङ पिरियड) को प्रावधान बारेमा गडबडी भएको भन्ने सम्बन्धमा मानवीय त्रुटिलाई केन्द्रका राखेर प्रतिवेदन लेख्ने भएको छ ।

सोही विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडको प्रावधान राख्ने उल्लेख गरेको हो । साथै कुलिङ पिरियड निष्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनाएको थियो ।

जतिबेलादेखि कुलिङ पिरियडको प्रावधान विधेयकको प्रतिवेदनमा रह्यो त्यतिबेलादेखि अर्को उपदफासँग तादम्यता नमिलेको देखिएपछि यसलाई नै आधार बनाएर प्रतिवेदन लेख्न थालिएको हो । यसमा फेरि पनि मानवीय त्रुटि हो वा लापारबाही हो कुन भाषा प्रयोग गर्ने वा दुवै भाषा प्रयोग गर्ने भनेर छलफल हुने समिति सदस्यहरू बताउँछन् ।

तत्कालीन सामान्य प्रशासनमन्त्री अनितादेवीले संघीय संसद् सचिवालयमा पेस गरेको विधेयकको दफा ८२ मा निजामती कर्मचारीहरूले ‘अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने’ भन्ने व्यवस्था प्रस्तावित छ ।