राजनीति

कृषिसहित ५ वटा संसदीय समितिका बैठक बस्दै

१५ साउन, काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्ने भएका छन् ।

बिहीबार कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको छ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, भूमि आयोगका पदाधिकारी, भूमि वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरूसँग छलफल हुने भएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे समितिको हल सिंहदरबारमा बस्ने भएको छ । बैठकमा मधेस प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मानवअधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आ।व। २०८२÷०८३–२०८६÷०८७० सम्बन्धी सुझावको मस्यौदा र नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी रहेको छ ।