१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले शुक्रबार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले शुक्रबारदेखि शुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन् । स्थायी कमिटी बैठकका एजेण्डाहरुमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषय तय भएको उनको भनाइ थियो ।
त्यसपछि पार्टीको पोखरा आएर रोकिएको अभियान सञ्चालनको बारेमा छलफल हुने उनले बताएका हन् । त्यस्तै, केन्द्रीय समितिको बैठकको मिति तय गर्ने बारेमा समेत छलफल हुने प्रवक्ता सापकोटाले जानकारी गराएका छन् ।
समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा पनि स्थायी कमिटीमा छलफल हुने पनि उनको भनाइ थियो ।





