१५ साउन, काठमाडौं । सिटिजन्स बैंकले सिटिजन्स सदाबहार योजनाको २५ प्रतिशत अधिक सदस्यतासहित इकाई बाँडफाँट कार्य सम्पन्न गरेको छ ।
काठमाडौंमा बिहीबार बैंकले एक कार्यक्रमकाबीच सोही बाँडफाँट कार्य सम्पन्न गरेको हो । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकोे छ । प्रथम खुलामुखी योजना सिटिजन्स सदाबहार योजना संचालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त भएको हो ।
गत असार १३ गतेदेखि आगामी आषाढ २७ गतेसम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत माग गरिए भन्दा अधिक मात्रामा दरखास्त प्राप्त भएको समेत बैंकले जनाएको हो । उक्त निष्काशनमा प्राप्त आवेदकहरुको विवरण अनुसार बाँडफाँट समितिको बैठकले तयार पारेको बाँडफाँट तालिका नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो ।
धितोपत्र बोर्डबाट कुनै कैफियत तथा निर्देशन प्राप्त नभएका कारण सोही तालिकालाई अन्तिम रुप दिइ धितोपत्र बोर्डको धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम बिीिबार योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लिबजार, काठमाडौंमा योजना व्यवस्थापकका प्रतिनिधिहरु, कोष प्रवद्र्धकका प्रतिनिधि, सिडिएस एण्ड क्लियरिङ्ग लि.का प्रतिनिधि र केही लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँट गर्ने कार्य सम्पन्न भएको छ ।
उक्त बाँडफाँटको नतिजा निष्काशन तथा बिक्री प्रबन्धक÷योजना व्यस्थापकको वेवसाईट www.citizenscapital.com.np र सिडिएस एण्ड क्लियरिङ्ग लि.को वेवसाईट www.iporesult.cdsc.com.np मा उपलब्ध गराएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।




