आर्थिक

डिजेल र मट्टितेलको मूल्य बढ्दा घट्यो पेट्रोलको मूल्य 

१५ साउन, काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आज आएको मूल्य सूची अनुसार डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँले बढाएको अवस्था छ भने पेट्रोलमा प्रति लिटर १ रुपैयाँ बढाएको छ । 

हवाई इन्धनको काठमाडौँ २१ डलर बढाइएको छ भने पोखरा वा अन्तर्राष्ट्रियका लागि ब्रेक ई भन पोइन्ट कायम गरिएको बताइएको छ । 

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेपछि घट्ने र बढेपछि बढ्ने क्रम जारी रहेको छ । 

बढेको मूल्य आज राती १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले बताएको छ ।