आर्थिक

‘गरिमा समृद्धि योजना’का इकाई धनीलाई ५.१० प्रतिशत नगद वितरण गर्ने गरिमा बैंकको निर्णय

१६ साउन, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा समृद्धि योजना’का इकाई धनीहरुलाई ५ दशमलव १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको छ ।

‘गरिमा समृद्धि योजना’को आगामी आर्थिक वर्षका लागि नगद लाभांश वितरण गर्ने सम्बन्धमा बिहीबार बसेको योजना व्यवस्थापन कम्पनी गरिमा क्यापिटल लिमिटेडको संचालक समितिको ८१ औं बैंकले यस्तो निर्णय गरेको हो । सोही बैंकबाट लाभांश नगद वितरण प्रयोजनका लागि यहि साउन २७ गते मंगलबार इकाई धनीदर्ता किताब बन्द हुने निर्णय समेत गरेको हो ।

क्यापिटल लिमिटेडको व्यवस्थापनमा सामूहिक लगानी कोष गरिमा म्यसचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना गरिमा समृद्धि योजना भएको समेत बैंकले जनाएको छ ।